टेम्केमैयुङ उपाध्यक्षमा पराजित इन्द्रावतीले मतदातालाई दिइन् धन्यवाद – Nepal Press

टेम्केमैयुङ उपाध्यक्षमा पराजित इन्द्रावतीले मतदातालाई दिइन् धन्यवाद

'कलम चिन्ह मतपत्रको छैठौं स्थानमा पर्नु र नयाँ पार्टी हुँदा समस्या भयो'

भोजपुर । टेम्केमैयुङ गाउँपालिका उपाध्यक्षमा पराजित नेकपा एसकी उम्मेदवार इन्द्रावती राईले मतदातालाई धन्यवाद दिएकी छन् ।

राईले विज्ञप्तिमार्फत ठूलो संख्यामा मत बदर हुँदा झिनो मतान्तरले पराजय भएको बताएकी छन् ।

‘यसमा प्राविधिक हिसावले कलम चिन्ह मतपत्रको छैठौं स्थानमा पर्नु र चुनावमा सामेल भएको पार्टीमध्ये नयाँ पार्टी भएको कारणले पनि चिन्ह पहिचानमा समस्या भएको मैले बुझेको छु । तर पनि समग्र मतपरिणामलाई हेर्दा यहाँहरूले विश्वास गरेर उत्साहित मानसिकताको साथ दिनुभएको मतले मलाई जितेको महसुस भएको छ । यसमा यहाँहरु प्रति गर्व गर्न चाहन्छु’, उनले लेखेकी छन् ।

पराजय भएपनि जनताको सेवामा र सामाजिक कार्यमा सकारात्मक हिसाबले अविचलित रूपमा लागिरहने प्रतिबद्धता पनि जनाएकी छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एमालेकी रमा राईसँग ९० मतले पछि परेकी थिइन् । रमाले ३३८८ मत प्राप्त गरेर विजयी हुँदा इन्द्रावती ३२९८ मा रोकिएकी थिइन् । ७४ मा एमालेबाट उपाध्यक्ष जितेकी इन्द्रावती एमाले विभाजनसँगै एकीकृत समाजवादी प्रवेश गरेकी थिइन् ।

यहाँ एमालेका ध्रुवराज राईलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सरोज बस्नेतले अध्यक्ष जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर