गठबन्धनको विरोधपछि पुन: गणना गर्दा झन् बढी मत ल्याएर एमाले उम्मेदवार विजयी – Nepal Press

गठबन्धनको विरोधपछि पुन: गणना गर्दा झन् बढी मत ल्याएर एमाले उम्मेदवार विजयी

काठमाडौं । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-५ गुन्साका वडा अध्यक्षमा एमालेका काले गोले विजयी भएका छन् ।

पहिलोपटक गरिएको गणनामा ४ मतले जितेका गोलेले दोस्रोपटक गणना गर्दा १४ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादी र कांग्रेसको गठबन्धनले आपत्ति जनाएपछि विवाद भएको थियो । मत गणना गर्दा ४ मतले गोले विजयी भएपछि गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि २४ घण्टासम्म मत गणना हुन सकेको थिएन । गठबन्धनले राखेको माग अनुसार पुन: दोस्रोपटक गणना गरिएको थियो ।
गुन्सामा १ हजार २ सय मत खसेकोमा सुरूमा गन्दा एमालेका उम्मेदवार काले गोले ४ सय ६० र कांग्रेस रवि थिङ ४५६ मत ल्याएका थिए । ४ मतले काले गोलेले जितेपनि गठबन्धनले गोलेलाई विजयी मान्न तयार भएको थिएन ।

दोस्रोपटक गन्दा गोलेको ४७१ र थिङको ४५७ मत आएको छ । १४ मतले एमालेका गोले विजयी भए ।

पाँचपोखरी थाङपालगाउँपालिकामा ७ वटा वडाको मत गनिसक्दा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार टासी लामाले ३१७३ मत ल्याएर अग्रता बढाएको छ भने अध्यक्षमा पदमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका दोर्जे तामाङले २४सय ५१ मत ल्याएका छन् ।

राप्रपाबाट उम्मेदवार बनेका उदय सापकोटाले ९७२ मत ल्याएका छन् । यस्तै उपाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार सुनिता अधिकारीले ३१९२ मत ल्याएर अगाडि छिन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी गंंगा चापागाई २५ सय ८४ मत ल्याएकी छन् । राप्रपाकी उपाध्यक्षको उम्मेदवार कमला चापागाईले ८३९ मत ल्याएकी छन् । गाउँपालिकाको २ वटा वडाको मत गन्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर