स्थानीय निर्वाचनमा विवेकशील साझालाई पहिलो सफलता, फेटा गाउँपालिकामा जित सुनिश्चित – Nepal Press

स्थानीय निर्वाचनमा विवेकशील साझालाई पहिलो सफलता, फेटा गाउँपालिकामा जित सुनिश्चित

वीरगञ्ज । विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकामा आफ्नो विजय सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशीलले पहिलोपटक जित निकाल्न लागेको हो ।

फेटा गाउँपालिका अध्यक्षमा विवेकशील साझाका रुस्तम अन्सारी मतगणना नसकिँदै विजयी भइसकेका छन् । एउटा वडाको मत गन्न बाँकी हुँदा उनी ४ हजार ६० मतसहित अगाडि छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका अमिरीलाल पसाद २ हजार मतले पछाडि छन् ।

अब करिब ८ सय मतमात्र गन्न बाँकी रहेकाले रुस्तमको जित निश्चित भएको हो । उपाध्यक्षमा पनि विवेकशील साझाकै निलम साह करिब १५ सय मतले अगाडि छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर