किरियापुत्री बसेकै बेला उम्मेदवार बनेका भिमलाल मध्यविन्दुको मेयरमा निर्वाचित, उपमेयर पनि एमालेकै – Nepal Press

किरियापुत्री बसेकै बेला उम्मेदवार बनेका भिमलाल मध्यविन्दुको मेयरमा निर्वाचित, उपमेयर पनि एमालेकै

परासी । किरियापुत्री बसेकै बेला उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका भिमलाल अधिकारी नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा अधिकारीले १६ हजार २१२ मतका साथ मेयरमा बिजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६५ मत पाएका छन् ।

मध्यविन्दुको उपमेयरमा पनि एमालेकै पूर्णकला चौधरी निर्वाचित भएकी छन् । उनले १५ हजार १०५ मत पाउँदा नेपाली कांग्रेसकी टिकाकुमारी महतो १४ हजार ५६४ मतमा रोकिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर