गृहमन्त्री र कानूनमन्त्रीले भेटे प्रचण्ड, नागरिकतासम्बन्धी विधेयकबारे छलफल – Nepal Press

गृहमन्त्री र कानूनमन्त्रीले भेटे प्रचण्ड, नागरिकतासम्बन्धी विधेयकबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।

भेटमा समसामयिक राजनीति र सरकारले संसदमा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी बताए

प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेट गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर