काठमाडौं- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष विजयी – Nepal Press

काठमाडौं- ४ मा दोब्बर मतले एमाले वडाध्यक्ष विजयी

एमालेका वडाध्यक्षलाई भन्दा मेयरमा स्थापितलाई करिब आधा मत कम

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ मा नेकपा एमालेको उम्मेदवार दिनेश महर्जन विजयी भएका छन् । करिब दोब्बर मतले महर्जन विजयी भएका हुन् ।

महर्जनले ४६०० मत पाए भने प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २२९२ मत प्राप्त गरे ।

यहाँ एमाले वडाध्यक्षले जित हात पारिरहँदा एमालेबाटै मेयरमा उठेका केशव स्थापितले भने वडा अध्यक्षको भन्दा करिब आधा मत पाएका छन् ।

यहाँ स्थापितले २०२५ मत पाए भने प्रतिस्पर्धी बालेन साहले ३९५६ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर