जनताले रुचाएनन् पुराना प्रतिनिधि, खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित – Nepal Press

जनताले रुचाएनन् पुराना प्रतिनिधि, खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित

खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र ६ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख, उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुनः यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।

यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।

एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेवी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रविप्रकाश राईभन्दा पछि परेका हुन् । एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।

एमालेकी विणादेवी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन (माओवादी केन्द्र) का विसन राईसँग पराजित भएकी हुन् ।

खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन (माओवादी केन्द्र)का उदिमबहादुर राई र गोमा गठबन्धन (कांग्रेस)का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।

साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ । सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन (कांग्रेस(का राजेश राजभण्डारीभन्दा पछि परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर