कैलालीमा रेशम चौधरीको पार्टीले दुई पालिका जित्यो, दुईमा अग्रता – Nepal Press

कैलालीमा रेशम चौधरीको पार्टीले दुई पालिका जित्यो, दुईमा अग्रता

कैलाली । कैलालीमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले दुई स्थानीय तह जितेको छ । टीकापुर नगरपालिका र जोशिपुर गाउँपालिका जितेको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म भजनी नगरपालिका र जानकी गाउँपालिकामा अग्रता कायम राखेको छ ।।

टीकापुरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारु विजयी भएका छन् । नेपाली कांग्रेसका नवराज रावललाई ३ हजारभन्दा बढी मतान्तरले पछि पार्दै उनी मेयरमा विजयी भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खड्क शाह विजयी भएका छन् । उनले नागरिक उन्मुक्तिका उल्कादेवी विकलाई १५० मतले पछाडि पारेका थिए ।

मेयरमा विजयी रामलाल यसअघि टीकापुर ७ को वडाध्यक्ष थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट टीकापुर-७ को वडाध्यक्षमा निर्वाचित भएका चौधरी अहिले नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुख बने ।

त्यस्तै जोशीपुर गाउँपालिकामा चित्रबहादुर चौधरी विजयी भएका छन् । उनी पनि नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका हुन् । चौधरीले ४ हजार ९०३ मत प्राप्त प्राप्त गरेका थिए । नेपाली कांग्रेसका वंशराम बडायकलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

उपाध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर