गणेश थापालाई फुटबल गतिविधिमा नलाग्न फिफाको चेतावनी – Nepal Press

गणेश थापालाई फुटबल गतिविधिमा नलाग्न फिफाको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

बुधवार अध्यक्ष थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका प्रमुख सदस्य संघका अधिकृत केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् ।

‘विवादित प्रतिबन्ध रहेसम्म फिफा एन्फा र यस सम्बन्धित सदस्यहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गर्दछ,’ फिफाको पत्रमा उल्लेख छ ।

पत्रमा एन्फालाई फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोट गर्न भनेको छ ।

यसअघि फिफाको सन् २०१५ मा नैतिक कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने र घुस खोरी र भ्रष्टाचार गरेका भन्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर