८ अंकले वृद्धि भयो सेयर बजार, १ अर्बको कारोबार – Nepal Press

८ अंकले वृद्धि भयो सेयर बजार, १ अर्बको कारोबार

काठमाडौं । आज झिनो अंकले सेयर बजारमा सुधार आएको छ । हिजो ८४.९० अंकले घटेको बजार आज ८.९० अंकले वृद्धि भएको हो । ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२७४ अंकमा पुगेको छ ।

झिनो अंकले सेयर बजार वृद्धि हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ । २२७ वटा कम्पनीका ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर आज कारोबार भएको छ ।

राधी विद्युत कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले वृद्धि भएको छ । सो कम्पनीको नै आज सबैभन्दा धेरै सेयर मूल्यवृद्धि भएको हो ।

अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ५ करोड ३८ लाख ३० हजार ८५७ रुपैयाँ सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर