नेपाल टी-२० लिग असोज पहिलो सातादेखि हुने – Nepal Press

नेपाल टी-२० लिग असोज पहिलो सातादेखि हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आधिकारिक फ्रेन्चाइज क्रिकेट लिग नेपाल टी(२० लिग असोज पहिलो सातादेखि आयोजना हुने भएको छ ।

बुधबार क्यानले पत्रकार सम्मेलन गर्दै लिग नेपाल टी(२० लिग असोज पहिलो सातादेखि आयोजना हुने बताएको हो । लिगमा ६ टीमको सहभागिता रहने र होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुने क्यानले जानकारी गराएको छ।

करिब २८ दिन चल्ने प्रतियोगिता असोज ८ देखि सुरू भएर कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।यस प्रतियोगिताका लागि स्टार्टेजिक र कमर्सियल पार्टनरको रूपमा सेभेन थ्री स्पोर्टस रहनेछ । क्यानले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्टस सँग वार्षिक ४ करोड १२ लाख८ वर्षका लागि ३३ करोडमा सम्झौता गरेको छ ।

पहिलोपटक हुन लागेको यो प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदानमै हुनेछ । प्रतियोगिताका टीमहरूको ६ वटा सहरको नामबाट राखिने र त्यसका लागि केही दिनमा फ्रेनचाईज आवह्रान गरिने क्यानका कार्यवहाक सचिव प्रसान्त विक्रम मल्लले जानकारी दिए । साथै टिमहरूको नाम केही समयपछि गर्ने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *