रामचन्द्र पौडेल समूहबाट पिटिएका गोविन्दराज जोशीका छोरालाई भेट्न पुगे सुवास नेम्वाङ र किसान श्रेष्ठ – Nepal Press

रामचन्द्र पौडेल समूहबाट पिटिएका गोविन्दराज जोशीका छोरालाई भेट्न पुगे सुवास नेम्वाङ र किसान श्रेष्ठ

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई भेट्न एमाले नेता सुवासचन्द्र नेम्वाङ, श्रममन्त्री किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल पुगेका छन्।

काठमाडौंमा उपचाररत जोशीलाई भेट्न उनीहरु अस्पताल पुगेका हुन् । स्थानीय निर्वाचनअन्तर्गत मतदानको दिन जोशीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले कुटपिट गरेको थियो ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराजले मेयरमा बागी उम्मेदवारी दिएका छन् । दीपकले आफूलाई रामचन्द्र पौडेलका भाइ र उनका सहयोगीहरुले पिटेकाे दावी गर्दै आएका छन् । मतदान केन्द्रमा पुगेका बेला मतपत्र च्यात्न खोजेको भन्दै उनीमाथि भीड जाइलागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर