स्मार्टच्वाईस र सेलपेबीच स्मार्ट क्यूआर भुक्क्तानीसम्बन्धी सम्झौता – Nepal Press

स्मार्टच्वाईस र सेलपेबीच स्मार्ट क्यूआर भुक्क्तानीसम्बन्धी सम्झौता

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजीज लिमिटेड र सेलकम प्रा. लि. (सेलपे) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता भएको छ ।

स्माटच्वाईस टेक्नोलोजीज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन् । भने, सेलपेमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज हुने छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजीज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सेलपेबीच भएको छ ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्कको रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।

एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ ।

एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *