कुर्मराज शाहीको पछुतो- फ्लोरक्रस मेरो गल्ती हो – Nepal Press

कुर्मराज शाहीको पछुतो- फ्लोरक्रस मेरो गल्ती हो

सुर्खेत । कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई साथ दिएका एमालेका तत्कालीन नेता पूर्वमन्त्री कुर्मराज शाहीले सार्वजनिक रूपमा पछुतो मानेका छन् ।

शाही अहिले नेकपा एसको कालीकोट इन्चार्ज छन् । स्थानीय चुनावमा पार्टीले अपेक्षित नतिजा नल्याएपछि उनी निराश बनेको जानकारहरू बताउँछन् । फेसबुकमा शाहीले लेखेका छन्, ‘फ्लोरक्रस गर्नु मेरो गल्ती हो ।’

नेकपा विभाजनसँगै कर्णालीमा एमालेले माओवादी नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव पेस गराएको थियो । एमालेका २० सांसदमध्ये २०७८ वैशाख ३ मा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर थापा र नन्दसिंह बुढाले फ्लोरक्रस गरेर पछि मन्त्री भएका थिए ।

कालीकोटमा शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा आफ्नो दलले जित्ने शाहीको जिकिर थियो । तर, गठबन्धनमा चुनाव लड्दा पनि सोचेअनुसार नभएपछि उनले प्रकाश ज्वालासँग कुरा गरेर गल्ती स्वीकार्न अनुरोध गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर