काठमाडौं- ३ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षले ल्याए स्थापितको भन्दा ९३४ भोट बढी – Nepal Press

काठमाडौं- ३ मा एमालेको प्यानलै विजयी, वडाध्यक्षले ल्याए स्थापितको भन्दा ९३४ भोट बढी

काठमाडौं । काठमाडौं महानगरपालिका– ३ मा एमालेका प्रेमबहादुर थापा निर्वाचित भएका छन् । उनले मेयरमा एमालेबाटै उम्मेदवार बनेका केशव स्थापितको भन्दा ९३४ भोट बढी ल्याएका छन् ।

थापाका प्रतिस्पर्धी कांग्रेसका राजेश अधिकारीले भने १५०८ भोट प्राप्त गरे ।

यो वडाबाट मेयरमा बालेन शाहलाई २३१९ भोट गयो भने एमालेका स्थापितले १२४१ भोट पाए । त्यस्तै कांग्रेसकी सिर्जनासिंहले ११४२ भोट पाइन् ।

काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका चारवटै वडामा एमालेले जित निकालेको छ ।

अहिले काठमाडौंका ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर