माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी – Nepal Press

माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन् ।

रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले १९३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १९१५ मत प्राप्त गरेका हुन् ।

यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २००४ मत पाइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सुस्मा श्रेष्ठले १८०७ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर