कांग्रेस जिल्ला सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमालेका बुढाथोकी विजयी – Nepal Press

कांग्रेस जिल्ला सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमालेका बुढाथोकी विजयी

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए । अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् ।

त्यसैगरी नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर