मेयरमा स्थापित पछाडि, तर काठमाडौं- ५ सहित तीनै वडा जित्यो एमालेले – Nepal Press

मेयरमा स्थापित पछाडि, तर काठमाडौं- ५ सहित तीनै वडा जित्यो एमालेले

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा केशव स्थापित पछाडि परे पनि अहिलेसम्म परिणाम आएका तीनवटै वडामा एमालेले जित निकालेको छ । पछिल्लोपटक काठमाडौं– ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार वीरेन्द्र प्रजापती विजयी भएसँगै काठमाडौंका तीनै वडा एमालेले जितेको हो ।

१, ८१८ मत ल्याएर प्रजापती विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश डंगोलले १, ५७५ मत पाए ।

अहिले काठमाडौंका ३, ४, ६, २९, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर