स्थानीय तह निर्वाचन : सार्वजनिक परिणामअनुसार कुन पार्टीको अवस्था कस्तो ? (सूचीसहित) – Nepal Press

स्थानीय तह निर्वाचन : सार्वजनिक परिणामअनुसार कुन पार्टीको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणनाको परिणाम आउने क्रम जारी छ । मङ्गलवार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार तीन सय ३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ४० स्थानमा जित हासिल गरेको छ भने ७१ स्थानमा अग्रता कायम गरेको छ । प्रमुख पदमा नै नेकपा (एमाले) ले २३ स्थानमा जित हासिल गरी ५१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा ८ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीले प्रमुख पदमा एक स्थानमा मात्र जित र नौ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजीतिक दल तथा स्वतन्त्रले तीन स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा भने नेपाली कांग्रेसले एक सय २९ स्थानमा जित हासिल गरी ५६ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष पदमानै नेकपा (एमाले) ले ८१ स्थानमा जित हासिल गरी ३७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६७ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टी चार स्थानमा जित हालिस गरेको छ भने १६ स्थानमा अग्रता लिइरहेको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले चार स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्यले ८ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा नेपाली कांग्रेसले ३४ स्थानमा जित हासिल गरी ५७ स्थानमा अग्रता कायम गरेको छ । उपप्रमुख पदमा नेकपा (एमाले) ले २६ स्थानमा जित हासिल गरी ७२ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र १९ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपप्रमुख पदमा तीन स्थानमा जित र सात स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले दुई स्थानमा विजय हासिल गरी २१ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसले एक सय २७ स्थानमा जित हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । उपाध्यक्ष पदमा नै नेकपा (एमाले)ले ७८ स्थानमा जित हासिल गरी ४१ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६९ स्थानमा जित र १८ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले नौ स्थानमा जित र एक स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले आठ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

यस्तै मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्ष पदमा नेपाली काँग्रेसले एक हजार सात सय ९८ मा जित हासिल गरी एक सय एक स्थानमा अग्रता कायम गरेको छ । वडा अध्यक्ष पदमा नै नेकपा ९एमाले०ले एक हजार तीन सय ९३ मा जित हासिल गरी एक सय १८ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले वडाध्यक्ष पदमा सात सय ५९ स्थानमा जित र ३१ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले वडा अध्यक्ष पदमा नै एक सय २७ स्थानमा जित र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले तीन सय ७४ स्थानमा विजय हासिल गरी २३ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्य पदमा नेपाली काँग्रेसले एक हजार सात सय ७२ मा जित हासिल गरी एक सय तीन स्थानमा अग्रता कायम गरेको छ । महिला सदस्य पदमा नै नेकपा (एमाले)ले एक हजार पाँच सय स्थानमा जित हासिल गरी एक सय २५ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले महिला सदस्य पदमा सात सय ६ स्थानमा जित र ३५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले महिला सदस्य पदमा नै एक सय ३२ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट तीन सय ३२ स्थानमा विजय हासिल गरी १८ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्य पदमा नेपाली काँग्रेसले एक हजार सात सय १२ मा जित हासिल गरी एक सय पाँच स्थानमा अग्रता कायम गरेको छ । दलि महिला सदस्य पदमा नै नेकपा ९एमाले०ले एक हजार चार सय ४७ स्थानमा जित हासिल गरी एक सय २० स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले दलित महिला सदस्य पदमा सात सय २३ स्थानमा जित र ३४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले दलित महिला सदस्य पदमा नै एक सय ३२ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले तीन सय १९ स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

वडा सदस्य पदमा नेपाली कांग्रेसले तीन हजार पाँच सय ३७ स्थानमा जित हासिल गरी एक सय सात स्थानमा अग्रता कायम गरेको छ । वडा सदस्य पदमा नै नेकपा ९एमाले० ले तीन हजार ४६ स्थानमा जित हासिल गरी एक सय २९ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले वडा सदस्य पदमा एक हजार तीन सय २२ स्थानमा जित र ३२ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले पनि वडा सदस्य पदमा नै दुई सय ६७ स्थानमा जित र चार स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ६ सय ८४ स्थानमा विजय हासिल गरी २७ स्थानमा अग्रता कायम गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर