रुपन्देहीमा खाता खोल्यो कांग्रेसले, कञ्चनको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी विजयी – Nepal Press

रुपन्देहीमा खाता खोल्यो कांग्रेसले, कञ्चनको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी विजयी

रुपन्देही । रुपन्देहीका १६ पालिकामध्ये पहिलो पटक नतिजा सार्वजनिक भएको कञ्चन गाउँ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएका हुन् ।

अध्यक्षमा नवराज ढकालले १०१४१ मत ल्याए भने उपाध्यक्ष मौसमी थापा मगरले १०२८४ ल्याएर विजयी भएकी हुन् ।

अध्यक्षको प्रत्याशी एमालेका दिनानाथ आचार्यले ९०११ र उपाध्यक्षमा ओमकली राहादीले ८८३९ ल्याएका थिए । रूपन्देहीको कञ्चन गाउँपालिकाको मतगणना सम्पन्न ।

गाउँपालिकामा गठबन्धनको तर्फबाट

वडा नं. १ नेकपा एमाले प्यानलै विजयी

वडा नं. २ गठबन्धन प्यानलै विजयी

वडा नं. ३ गठबन्धन प्यानलै विजयी

वडा नं. ४ गठबन्धन प्यानलै विजयी

वडा नं. ५ नेकपा एमाले प्यानलै विजयी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर