सुर्खेतको लेकबेशीमा कांग्रेस विजयी, एमाले इन्चार्ज र सह इन्चार्जले दिए राजीनामा – Nepal Press

सुर्खेतको लेकबेशीमा कांग्रेस विजयी, एमाले इन्चार्ज र सह इन्चार्जले दिए राजीनामा

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार उमेश कुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका हुन । उपप्रमुखमा भने एमालेका विमला खडलुक विजय भएकी छन् ।

यता, नेकपा एमालेले हार व्यहोरेको भन्दै नगर कमिटी इन्चार्ज टीकाराम सोमैर र सह इन्चार्ज शान्ति कुमारी छन्तेलले राजीनामा दिएका छन् ।

‘२०७४ सालको निर्वाचनमा एमालेले ६ वडा सहित प्रमुख र उपप्रमुख जितेको थियो । पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका हौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालको निर्वाचनमा दुई वडा र उपप्रमुखबाहेक सबै पदमा पराजय हुनुपरेकाले आजैका मिति देखि इन्चार्ज र सह इन्चार्जको जिम्मेवारीमा नरहने गरी राजीनामा दिएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर