नेपालका लागि भारतीय राजदूत बने नवीन श्रीवास्तव – Nepal Press

नेपालका लागि भारतीय राजदूत बने नवीन श्रीवास्तव

काठमाडौं । भारतले नेपालका लागि राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ ।

विनयकुमार क्वात्रा विदेश सचिव नियुक्त भएपछि गत अप्रिलयता नेपालका लागि भारतीय राजदूत पद रिक्त रहेको थियो ।

श्रीवास्तवले भारतीय विदेश मन्त्रालयको पूर्वी एसिया डेस्क हेर्दै आएका थिए । चीन-भारत सीमा क्षेत्रमा चर्किएको द्वन्द्व समाधान गर्न श्रीवास्तवले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो २८ वर्ष लामो भारतीय सरकारी परराष्ट्र सेवामा श्रीवास्तवले यसअघि कम्बोडियाका लागि राजदूत रहनुका साथै चीनको सांघाईस्थित कन्सुलर जनरल भएर पनि काम गरेका थिए ।

उनले निकट भविष्यमै जिम्मेवारी सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर