बुद्ध जयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा – Nepal Press

बुद्ध जयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा

काठमाडौं । २५६६ औँ बुद्ध जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय योग गुरु राजन शर्माको पहलमा विश्व ध्यान दिवस घोषणा गरिएको छ ।

विश्वका ६० भन्दा बढी देशका ध्यान प्रेमीहरूले प्रत्यक्ष एवम् अनलाइन मार्फत आजको दिनलाई अन्तर्राष्ट्रिय ध्यान दिवस गरिएको हो ।

विश्वभर ध्यानको महत्त्व बढ्दै गएकाले विश्व ध्यान दिवस मनाउन सुझाएका छन् राजन शर्माले उनले जीवनमा तनावलाई कम गर्न तथा सही मार्गमा डोर्‍याउन ध्यान जरुरी रहेको बताएका छन् ।

उक्त कार्यक्रम विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले स्वयम्भू स्थित गीता मन्दिरमा आयोजना गरेको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी योग गुरुहरूको प्रत्यक्ष सहभागिता रहेको थियो भन्ने दीप प्रज्वलन, मन्त्रोच्चारण, शंखघण्ट वादन गरी सहभागीहरूले एक्कै साथ ध्यान गरेका थिए ।

विश्व योग गुरु एवम् विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक राजन शर्माले मानिसहरूमा आध्यात्मिक जागरण जरुरी रहेको र केवल ध्यानबाटै सम्भव हुने भएकाले बुद्ध पूर्णिमाको दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी नेपालको गौरव, गरिमा र बुद्धको पहिचान प्रतिष्ठित गरिनुपर्छ र यस दिशामा प्रयास गर्न नेपाली जनता, राजनीतिकर्मी र बुद्धिजीवीसँग आग्रह पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *