सुर्खेतको पञ्चपुरीमा कांग्रेस विजयी – Nepal Press

सुर्खेतको पञ्चपुरीमा कांग्रेस विजयी

सुर्खेत । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार लालवीर भण्डारीले ५९०९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याए भने नेकपा माओवादीका केशबहादुर शाहीले २७८३ मत ल्याए ।

उपप्रमुखमा कांग्रेसकै मुक्तिदेवी रेग्मी विजयी भइन् ।

उनले ६०९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी दुर्गा कुमारी जैसीले ५१६८ तथा माओवादीका नेकपा एसका कविता सोडारीले १७५२ मत ल्याइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर