पुतलीबजारमा भत्कियो एमालेको गढ, मेयर उपमेयर दुवै पदमा कांग्रेस विजयी – Nepal Press

पुतलीबजारमा भत्कियो एमालेको गढ, मेयर उपमेयर दुवै पदमा कांग्रेस विजयी

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमालेको परम्परागत गढ भत्काउँदै पहिलो पटक कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका तुलसीराम रेग्मी १२,४९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सीमाकुमारी क्षेत्रीलाई २,४०४ मतान्तरले पराजित गरेका हुन् ।

पराजित सीमाकुमारी क्षेत्रीले १०,०९० मत ल्याएकी छन् । पराजित क्षेत्री यसअघि २०७४ मा मेयर निर्वाचित भएकी छिन् ।

उपमेयरमा पनि कांग्रेसकै देवी अर्याल ११ हजार ७४८ मतसहित विजयी भएकी छन् । एमालेका महेश पुरी १० हजार ७६१ मतमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *