कांग्रेसबाट जसपाले खोस्यो नवराजपुर गाउँपालिका, शिवा बने अध्यक्ष – Nepal Press

कांग्रेसबाट जसपाले खोस्यो नवराजपुर गाउँपालिका, शिवा बने अध्यक्ष

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

अध्यक्षमा जसपाका शिव उदगार यादव ‘शिवा’ दुई हजार बढी मतान्तरले विजयी भएका छन् । उनले ४५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्व मोहन यादव मात्र २ हजार ५२५ मतमा समेटिए ।

कांग्रेस नेतृ एवं पूर्व उपसभामुख समेत रहेकी चित्रलेखाका भाइ विश्व मोहन निवर्तमान अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा जसपाकै पुनम कुमारी यादव ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै शोभा कुमारी यादव २ हजार ३८५ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर