लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्की विजयी, उपाध्यक्षमा एमालेकी अस्मिता – Nepal Press

लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका कार्की विजयी, उपाध्यक्षमा एमालेकी अस्मिता

काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कुमार कार्की विजयी भएका छन् ।

कार्कीले ३७७६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मिलन कुमार विष्टले ३४९२ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी भएकी छन् । थापाले ४११६ मत प्राप्त गरी बिजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ९३ मत प्राप्त गरेकी छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी अस्मिता थापा प्रदेश १ कै कम उमेरकी पालिका उपप्रमुख भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर