प्रकाशमान सिंहको क्षेत्रमा पनि बालेन र सुनिताकै प्रारम्भिक अग्रता – Nepal Press

प्रकाशमान सिंहको क्षेत्रमा पनि बालेन र सुनिताकै प्रारम्भिक अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ को मतगणना सुरु भएको छ । यो वडामा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । यो वडा कांग्रेस नेता तथा मेयर उम्मेदवार सिर्जना सिंहका श्रीमान् प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छ ।

प्रारम्भिक मत परिणाम अनुसार बालेनले ७३ भोट पाउँदा सिर्जना सिंह दाेस्राेमा छिन् । उनले बालेनलाइ पछ्याउँदै ६२ मत पाएकी छन् । एमालेका केशव स्थापितले ३२ मत पाएका छन् ।

उपमेयरको प्रतिस्पर्धामा पनि एमालेकी सुनिता डंगोल नै अगाडि छन् । उनले ५१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ३२ भोट आएको छ ।

अहिलेसम्म मेयर उम्मेदवार बालेनले १२५५३ मत ल्याएर अग्रता कायम राखेका छन् ।

यस्तै एमाले उम्मेदवार केशव स्थापितले ६७०६ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले ५९५७ मत ल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर