अर्घाखाँचीको भूमिकास्थानमा गठबन्धनबाट जनमोर्चाका झबिलाल थापा विजयी – Nepal Press

अर्घाखाँचीको भूमिकास्थानमा गठबन्धनबाट जनमोर्चाका झबिलाल थापा विजयी

रूपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका झबिलाल थापा विजयी भएका छन् ।

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन् ।

थापाले नेकपा एमालेका नेता रेशम थापालाई पराजित गदै प्रमुखमा विजयी भएका हुन् । उप प्रमुखमा नेकपा माओवादी केन्द्रका उप प्रमुख बालकृष्ण बन्जाडेले एमाले महिला नेतृ वसन्ता पौडेललाई पराजित गदै विजयी भएका हुन् ।

थापाले ८३२४ र बन्जाडेले ७५५८ ले मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर