प्रदेश १ का १४ जिल्लामा कसले कति जिते स्थानीय तह ? (सूचीसहित) – Nepal Press

प्रदेश १ का १४ जिल्लामा कसले कति जिते स्थानीय तह ? (सूचीसहित)

विराटनगर। हालसम्म मत गणना सकिएका प्रदेश नम्बर १ का १४ जिल्लाका स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ३३ तहमा जित हासिल गरेको छ । काग्रेसले ३३ वटै स्थानीय तहमा अग्रता लिइरहेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार एमालेले १६ स्थानीय तह जितेको छ । २८ स्थानीय तहमा उसले अग्रता लिएको छ । माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ ।

नेकपा एकीकृत समाजवादीले एक स्थानीय तह जित्दा २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तह जितेको छ ।

एउटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

मोरङका १७ स्थानीय तहमध्ये मिक्लाजुङ गाउँपालिका प्रमुखमा कांग्रेसले जित निकालेको छ । अन्य १६ स्थानीय तहमध्ये एमालेले १० स्थानमा अग्रता लिएको छ । ६ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । झापाका ६ स्थानीय तहमा कांग्रेस अगाडि छ । एमाले ७ स्थानीय तहमा अगाडि छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ ।

तेह्रथुममा कांग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ । भोजपुरमा ३ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तह जितेको छ । एमाले र माओवादी केन्द्रले २-२ स्थानीय तह जितेको छ ।

संखुवासभाका ५ स्थानीय तहमा कांग्रेस विजयी भएको छ । एमालेले २ स्थानीय तह जित्दा २ तहमा अग्रता लिएको छ ।

धनकुटामा ३ स्थानीय तहमा कांग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

ओखलढुङ्गामा २ स्थानीय तह कांग्रेसले जितेको छ । उसले एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले एक स्थानीय तह जित्दा अर्काे एउटा तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र, जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।

उदयपुरमा कांग्रेसले एक स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

ताप्लेजुङमा ४ स्थानीय तह कांग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

पाँचथरमा कांग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा अग्रता लिएको छ । इलाममा २ स्थानीय तह कांग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

खोटाङमा कांग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिएको छ । एमाले र माओवादी केन्द्रले दुई-दुई स्थानीय तह जितेका छन् ।

सोलुखुम्बुमा कांग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जित्दा एउटामा अग्रता लिएको छ । माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ ।

सुनसरीका ६ स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक तहमा अग्रता लिएको छ ।

हालसम्मको मत गणनाको परिणामअनुसार एकमात्र महानगर विराटनगर र दुई उपमहानगर इटहरी र धरानमा कांग्रेसले अग्रता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर