युनाइटेड एकेडेमीले मनायो रजत जयन्ती – Nepal Press

युनाइटेड एकेडेमीले मनायो रजत जयन्ती

काठमाडौं । युनाइटेड एकेडेमीले मंगलबार संस्था स्थापनाको २५ वर्ष अर्थात रजत जयन्ती मनाएको छ । ‘समाजोत्थानका लागि गुणस्तरीय शिक्षा’ नारासहित युनाइटेडले स्थापनाको २५ औं वर्षगाँठ मनाएको हाे ।

२५ वर्षअघि एसएलसीपछिको प्लस टु शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको एकेडेमीले विज्ञान, व्यवस्थापन र मानविकीसहित तीन वर्षयता कानुन सङ्कायसमेत अध्यापन गराउँदै आएको छ ।

युनाइटेड एकेडेमीका जुनियर विंगका रुपमा युनाइटेड स्कुल र युनाइटेड युनिभर्सल स्कुल पनि रहेका छन् । युनाइटेड एकेडेमीले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीए, बीबीएस, बीसीए, बीबीएम र एमबीएसकाे कक्षासमेत सन्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर