युगान्डाविरुद्ध नेपालको लगातार दोस्रो हार – Nepal Press

युगान्डाविरुद्ध नेपालको लगातार दोस्रो हार

काठमाडौं । महिला टी–२० अन्तर्राष्ट्रिय शृङखलाको दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले युगान्डालाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य युगान्डाले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पुरा गर्यो ।

युगान्डाका लागि रिता मुसामानीले सर्वाधिक ३० रनको योगदान गरिन् । जानेत बाबाजीले १६ रन, फ्रङक्लीन नाजुम्बा १९ रन बनाए ।
नेपालको वलिङमा कविता कुँवर र सवनम राईले उत्कृष्ट प्रदर्शन गरेका थिए । कविता र सवनमले समान २ विकेट लिए  भने सिता राना मगर, रुविना क्षेत्रीले समान एक विकेट लिए ।

जितसँगै युगान्डाले टी–२० शृङखलामा २–० को अग्रता लिएको छ । पाँच खेलको शृङखलाको तेस्रो खलमा नेपालले बिहिबार युगान्डाको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *