सेयर बजारमा पहिरो, ८४ अंकले घट्यो – Nepal Press

सेयर बजारमा पहिरो, ८४ अंकले घट्यो

काठमाडौं । मंगलबार सेयर बजारमा  पहिरो गएको छ । केही दिनको बिदापछि खुलेको सेयर आज ८४.४ अंकले घटेको छ । ३.६१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २२६५.५२ विन्दुमा आएको छ ।

आज १ अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । २२१ वटा कम्पनीका ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर किनबेच भएको छ ।

आज सामुदायिक लघुवित्तको सेयर मूल्य ४.९६ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार भएको छ । सो कम्पनीको आज ९ करोड ७९ लाख ९ हजार ५ सय रुपैयाँको सेयर कारोबार भएको हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *