कांग्रेस पूर्वसभातिलाई हराउँदै एमालेका नेपालले जिते इन्द्रावतीकाे अध्यक्ष – Nepal Press

कांग्रेस पूर्वसभातिलाई हराउँदै एमालेका नेपालले जिते इन्द्रावतीकाे अध्यक्ष

सिन्धुपाल्चोक । इन्द्रवती गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । यहाँ अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा अध्यक्षमा पराजित झम्क नेपाल यसपटकले यसपटक भने चुनाव जितेका छन् ।

सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपालले नेपाली कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले ६ हजार ५१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी कांग्रेसका लामाले ६ हजार ४७० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६ हजार ५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६ हजार ४७० मत ल्याएकी छन् ।

माओवादी अध्यक्षका उम्मेदवार ठुलोबाबु श्रेष्ठले ४ हजार १६३ मत ल्याएका छन् । १२ वडा रहेको इन्द्रावतीमा एमालेले ५, कांग्रेसले ५ र माओवादी केन्द्रले २ वडामा जितेको छ ।

पहिला अरुलाई जिताएर आफू हारेका थिए नेपाल

२०७४ सालको चुनावमा नेकपा एमालेले सिन्धुपाल्चोमा दुई नगरपालिकासहित पाँच गाउँपालिका जितेको थियो । त्यसको कमाण्डर थिए, एमाले सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल । पार्टी जिताउने कमाण्डर आफैं पनि इन्द्रावती गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए ।

सात स्थानीय तह जिते पनि कमाण्डरले नै पराजय व्यहोरोपछि नेपालले धेरै अपजस पनि पाए । योपटक निर्वाचनका लागि मनोनयनको केही दिनअघि बुवाको मृत्यु भएपछि नेपाल काजकिरिया मा नै थिए ।

नेपाल योपटक पुनः अध्यक्षमा नउठ्ने मनस्थितिमा थिए । २०७४ को निर्वाचनमा नेपाल कांग्रेसका वंशलाल तामाङसँग पराजित भएका थिए । त्यतिबेला नेपाल दुई सय मतान्तरमा पराजित भएका थिए । नेपालले पाँच हजार १६५ मत ल्याएका थिए भने तामाङले पाँच हजार ३६५ मत ल्याएका थिए । तर योपटक नेपाल त्योभन्दा बढी मतान्तरमा जित हासिल गर्न सफल भएका छन् ।

इन्द्रावतीका कार्यकर्ताहरुको प्रेसर थेग्न नसकेपछि उनी सेतै पहिरनमा चुनावी अभियानमा होमिए । उनका प्रतिद्वन्द्वी थिए, कांग्रेसका पूर्व जिल्ला सभापति विकास लामा । उम्मेदवारको हिसाबले नेपाल र लामा दुवै हेभीवेटका थिए । नेपाल एमाले जिल्ला अध्यक्ष हुँदैगर्दा लामा कांग्रेस जिल्ला सभापति थिए । अर्काे संयोग– दुवैको वडासमेत एकै ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर