नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य – Nepal Press

नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य

काठमाडौं । नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय शृङखलाको दोस्रो खेलमा युगानडालाई १०२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रनको योगफल तयार गरेको थियो ।

पहिलो खेल खराब ब्याटिङका कारण हारेको नेपालले आजपनि मजबुत स्कोर बनाउन सकेन् ।

नेपालका लागि ओपनिङमा आएकी बिन्दु रावलले २ चौकासहित सर्वाधिक २६ रनको योगदान गरिन् । चौथो नम्बरमा क्रिजमा आएकी सरिता मगर २२ रन बनाएर आउट भइन् ।

युगान्डाको वलिङमा जानेत बाबाजीले सबै भन्दा धेरै २ विकेट लिइन् । इभेलेन एनपियो, कोन्की अवेको, रिता मुसामालीले समान एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर