रिभर फल्स पावरको आईपीओमा मागभन्दा करिब ६.५ गुणा बढी आवेदन – Nepal Press

रिभर फल्स पावरको आईपीओमा मागभन्दा करिब ६.५ गुणा बढी आवेदन

काठमाडौं । २०७९ बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्राे दिनसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याइएकाे छ । बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएको हो ।

निष्काशनको तेस्राे दिन बिहानसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १४० कित्ता सेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति २०७९ जेठ ४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर