फिनल्यान्ड र स्विडेन नेटोको सदस्यता लिँदै – Nepal Press

फिनल्यान्ड र स्विडेन नेटोको सदस्यता लिँदै

काठमाडौं । फिनल्यान्ड र स्विडेनले नर्थ अटलान्टिक ट्रीटी अर्गनाइजेशन (नेटो)को सदस्यता लिने घोषणा गरेका छन् । फिनल्यान्डकी प्रधानमन्त्री सना मरिन र राष्ट्रपति सौली नीनिस्तोले सोमबार एक संयुक्त पत्रकार सम्मेलन गर्दै फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिने घोषणा गरेका हुन् ।

यस्तै स्विडेनकी विदेशमन्त्री एन्ना लिन्डेले पनि स्विडीस डेमोक्र्याटिक पार्टीले पनि नेटो सदस्यताको लागि आवेदन दिने एतिहासिक निर्णय लिएको बताएकी छिन् जसमा स्विडेनकी प्रधानमन्त्री मैग्डेलेना एन्डरसनले पनि समर्थन जनाएकी छिन् ।

फिनल्यान्डको रुससँग ८ सय ३० माइल सिमाना जोडिएको छ यस्तो अवस्थामा यदि फिनल्यान्डले नेटो सदस्यता लियो भने रुसको नेटो क्षेत्रसँग साझा हुने सिमाना दोब्बर हुन जान्छ ।

यता स्विडेनको रुससँग भुमी सिमाना छैन यधप्पी रुस र स्विडेन बिच समुद्री सिमाना रहेको छ । रुसले युक्रेन म्याथ हमला सुरुगरेसँगै फिनल्यान्डले सुरक्षा चुनौती बढेको बताउँदै आएको थियो ।

यद्यपी रुसका राष्ट्रपती पुटिनले फिनल्याण्डको सुरक्षामा कुनै किसिमको चुनौती नभएको दाबी गर्दै नेटोमा सामेल हुनुपर्ने जरुरी नरहेको बताएका छ्न् ।

तटस्थ मुलुकको नीतिलाई छाडेर नेटोमा सामेल हुनु फिनल्याण्डको ‘भूल’ हुन सक्ने पुटिनको भनाइ छ । फिनल्याण्डले आधिकारिकरुपमा नेटोको सदस्यता लागि आवेदन दिने घोषणा हुनुपुर्व दुई मुलुकका राष्ट्रपतिको बीचमा फोनवार्ता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर