बाबुराम भन्छन्- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् – Nepal Press

बाबुराम भन्छन्- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘समग्र समीक्षा हुँदैगर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ(जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् १,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
सत्तामा शुन्यता होला भन्ने डरले मात्र जनताले उठेका मतदातालाई मत दिएको दाबी उनले गरेका छन् । जनतासँग विकल्प नहुँदा यस्तो अवस्था सृजना भएको उनले जनाएका छन् ।

‘नो भोटको प्राबधान नहुँदा र सत्तामा शुन्यता हुननसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा ९भक्तपुर बाहेक० अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् १ दुःखद कुरा विकल्प पनि छैन १’, उनले भनेका छन् ।

७५३ स्थानीय तहमा भएको निर्वाचनमा डा। भट्टराईको पार्टी जसपाले हालसम्म मात्र ३ पालिकाको प्रमुख जित्न सफल भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर