कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी – Nepal Press

कांग्रेस नेता प्रदीप पौडेलको वडामा एमाले विजयी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा नेकपा एमाले विजयी भएको छ । पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् ।

उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरेकी छन् ।

वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा अशोक महत एक हजार १६८ र मानबहादुर क्षेत्री एक हजार ८२ मत प्राप्त गरी विजयी भएका छन् ।

महिला सदस्यमा कांग्रेसकी डम्बरकुमारी सिग्देल एक हजार ९२ र दलित महिला सदस्यमा सिर्जना विक एक हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर