मोरङको मिक्लाजुङमा गठबन्धन विजयी- अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी निर्वाचित – Nepal Press

मोरङको मिक्लाजुङमा गठबन्धन विजयी- अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी निर्वाचित

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार रार्इ र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका छन् ।

राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत प्राप्त गरेर विजयी भए ।

यहाँ एमालेका उम्मेदवार नरेन्द्र प्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

९ वडा रहेको मिक्लाजुङ्गमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २–२ वडा जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर