बेनीमा गुमेको विरासत फर्काउँदै एमालेका सुरज केसी मेयर निर्वाचित – Nepal Press

बेनीमा गुमेको विरासत फर्काउँदै एमालेका सुरज केसी मेयर निर्वाचित

पोखरा । म्याग्दीको बेनी नगरपालिकामा नेकपा एमालेका सुरज कुमार केसी विजयी भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरन्जिवी शर्मालाई १३६३ मतान्तरले पराजित गर्दै सुरज मेयर बनेका हुन् ।

केसीले ७ हजार ६०३ मत पाएका छन् भने शर्माले ६२४० मत पाएका छन् । उपमेयरमा भने गठबन्धबाट माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल विजयी भएकी छन् ।

अघिल्लो निर्वाचनमा एमालेले झिनो मतले मेयर गुमाएको थियो । यसपटक केसीले पार्टीको विरसात फिर्ता ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर