बझाङको तलकोटमा गठबन्धन हराउँदै एमालेको एकल जित, अध्यक्षमा रोकाया – Nepal Press

बझाङको तलकोटमा गठबन्धन हराउँदै एमालेको एकल जित, अध्यक्षमा रोकाया

काठमाडौं। बझाङको तलकोट गाउँपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्षसहित ७ मध्ये ६ वटा वडामा जित निकालेको छ ।
अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।

अध्यक्ष रोकायाले दुई हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले दुई हजार २२९ मत ल्याए । राप्रपाका ललितप्रसाद जोशीले ३५ मत पाए ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी दुई हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर