देउवाको प्रतिष्ठा जोडिएको अमरगढीमा कांग्रेसको जित – Nepal Press

देउवाको प्रतिष्ठा जोडिएको अमरगढीमा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम रहेको अमरगढी नगरपालिकामा कांग्रेसले जितेको छ । अमरगढीको मेयरमा कांग्रेसका डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छन् ।

मेयरमा निर्वाचित जोशीले ३ हजार ६ सय १९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस (वीपी)का हरि भट्टले ३ हजार ४ सय २६ मत प्राप्त गरे ।

उपमेयरमा विजयी झुकालले एमालेका यज्ञराम अवस्थीलाई पराजित गरिन् ।

सो नगरपालिकामा एमाले र कांग्रेस (वीपी)बीच तालमेल भएको थियो । नगरपालिकाका ८ नम्बर वडामा कांग्रेस (वीपी) र बाँकी सबैमा कांग्रेस विजयी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर