गुल्मीको मालिकामा एमालेलाई क्लीनस्वीप, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित – Nepal Press

गुल्मीको मालिकामा एमालेलाई क्लीनस्वीप, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

रूपन्देही । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा निर्वाचित भएका छन् । उनले ६१७६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रीतबहादुर थापाले ४६१७ मतमा रोकिए

उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६३३४ मत ल्याएर निर्वाचित भए भने प्रतिद्वन्द्वी एमालेकी रनमाया पुनले ४६९२ मत ल्याइन् ।

गाउँपालिकामा रहेका वडाहरुमा एमालेले सदस्य समेत जित्न सकेको छैन् । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर