रुरुक्षेत्रमा गठबन्धनबाट माओवादीको जित, उपाध्यक्ष एमालेले लग्यो – Nepal Press

रुरुक्षेत्रमा गठबन्धनबाट माओवादीको जित, उपाध्यक्ष एमालेले लग्यो

रूपन्देही । गुल्मीको रूरूक्षेत्र गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष गुमाएको छ । ६ वडामध्ये ५ वडाध्यक्ष र उपाध्यक्ष जित्दा पनि अध्यक्षमा एमालेका उम्मेदवार पराजित भए ।

अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली ५ हजार ८१७ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा भने एमालेकी मिनादेवी गौतमले ५ हजार ४५१ भोट ल्याएर जितिन् ।

अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत ल्याएकी थिइन् ।

उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्रमा पर्ने यो पालिकालाई एमालेले बलियो गढ मानेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर