अघिल्लोपटक १ मतले हारेका भीम १४८६ मतान्तरले गाउँपालिका अध्यक्षमा विजयी – Nepal Press

अघिल्लोपटक १ मतले हारेका भीम १४८६ मतान्तरले गाउँपालिका अध्यक्षमा विजयी

अछाम । अघिल्लो स्थानीय तहको निर्वाचनमा अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा १ मतले हारेका नेपाली कांग्रेसका भीम साउद यसपटक १ हजार ४ सय ८६ मतान्तरले विजयी भएका छन् ।

गाउँपालिका अध्यक्ष पदमा उनले ३ हजार ९ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पधी नेकपा एमालेका रामबहादुर आउजीले २ हजार ५ सय ६ मत प्राप्त गरे ।

अघिल्लोपटक एक मतले अध्यक्षमा विजयी भएका हर्क साउद भने एसपटक तेस्रो भए । नेकपा एकीकृत समाजवादीका साउदले १ हजार ४ सय ७४ मत ल्याए ।

सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै सरदेवी खड्का विजयी भएकी छिन् । उनले ३ हजार ७ सय ३४ मत ल्याउँदा एमालेकी अनिता खड्काले २ हजार ४ सय ९१ मत प्राप्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर