सान्नीत्रिवेणीमा गठबन्धनका उम्मेदवार स्वतन्त्रसँग पराजित – Nepal Press

सान्नीत्रिवेणीमा गठबन्धनका उम्मेदवार स्वतन्त्रसँग पराजित

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केसीले पुतली चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए । केसीले १ हजार ८ सय २२ मत ल्याए । निकटतम प्रतिस्पर्धी माओवादीका डम्बरबहादुर शाहीले १ हजार ३ सय २५ मत ल्याए ।

उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह १ हजार ६ सय ८१ मतसहित विजयी भइन् । उपाध्यक्षमा कांग्रेसका पशुबिना बमले १ हजार २ सय १२ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर