बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइ विजयी – Nepal Press

बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइ विजयी

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको तर्फबाट पुस्करराज जोशी लख्खाभाई विजयी भएका छन् । उनले ६५८५ मत ल्याए ।

उनका निकटतम् प्रतिस्पर्धि नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ५४२७ मत ल्याए । माओवादी केन्द्रका प्रेम थापाले ४१० मत प्राप्त गरे । त्यस्तै राप्रपाले १६८, जसपाको २४ र स्वतन्त्रको पक्षमा ५ मत खसको छ ।

उपप्रमुख तर्फ कांग्रेसकी कौसिला चन्द ६१७० मतका साथ विजयी भइन् । एमालेकी सरस्वती नेपाली ५४९५ मत ल्याइन् ।

लख्खाभाइ अखण्ड सुदूरपश्चिमको अभियान्ता हुँदै राष्ट्रिय राजनीतिमा छिरेका हुन् ।


प्रतिक्रिया

One thought on “बैतडीको दशरथचन्दमा एमालेका लख्खाभाइ विजयी

  1. सफल कार्यकालको शुभकामना एक दुरदर्शि भिजन भएका युवा

Leave a Reply to केशव राज जोशी Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर