लुम्बिनीमा मोदीले भनेः बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ (भिडिओ) – Nepal Press

लुम्बिनीमा मोदीले भनेः बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य पाएँ (भिडिओ)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरेका छन् । नेपाल र भारत मिलेर बुद्धको सन्देशलाई विश्वमा फैलाउनुपर्ने उनले बताए ।

लुम्बिनी भ्रमणमा आएका मोदीले बुद्ध जयन्तीको विशेष समारोहलाई सम्वोधन गरेका थिए । उनले केहीबेर नेपाली भाषामा र त्यसपछि हिन्दीमा भाषण गरे । मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको स्मरण गरे ।

‘आजको दिन लुम्बिनीमा सिद्धार्थ गौतमका रुपमा बुद्धको जन्म भयो । यही दिन बुद्धले बोधगयामा ज्ञान प्राप्त गर्नुभयो र त्यही दिन कुशीनगरमा महापरिनिर्वाण हुनु भयो’, मोदीले भने, ‘यो अद्भूत कुरा हो ।’

मोदीले भगवान बुद्धको जन्मस्थानमा बेग्लै प्रकारको चेतनाको महसुस हुने बताए ।

नेपाल आउँदा आफूलाई अरु राजनीतिक भ्रमण फरक आध्यात्मिक अनुभूति हुने मोदीको भनाइ थियो । उनले विगतमा आफूले जनकपुरधाम र मुक्तिनाथको यात्रा गरेको पनि स्मरण गरेका थिए । ‘भारतको राम नेपालविना अधुरो हुनुहुन्छ’, मोदीले भने, ‘हाम्रा धेरै सम्पदा र संस्कृतिहरु साझा छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर