आईपीओ आवेदन नि:शुल्कदेखि १० लाख कमका विद्युतीय सवारीमा भन्सार छुटसम्मका माग – Nepal Press
नयाँ बजेट

आईपीओ आवेदन नि:शुल्कदेखि १० लाख कमका विद्युतीय सवारीमा भन्सार छुटसम्मका माग

काठमाडौं । सरकारले जेठ १५ सम्म नयाँ बजेट ल्याउँने गरी तयारी गरेको छ ।

अर्थमन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणमा सघाउ पुगोस् भनेर सुझावका लागि टोल फ्री नम्बर ११३८ सञ्चालन गरिरहेको छ । अहिलेसम्म आएका सुझावहरूमा आईपीओ भर्दा लाग्ने शुल्कदेखि सबैलाई स्वास्थ्य निःशुल्कसम्मको माग छ ।

सर्वसाधारणलगायतले देशका विभिन्न ठाउँबाट सुझाव दिएका हुन् ।

बजेट निर्माणको क्रममा यी सुझावहरूको पनि अध्ययन गरेर समावेश गरिने तयारी गरिएको मन्त्रालयका अधिकारीले बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उद्देश्यले टोल फ्री नम्बर सञ्चालनमा ल्याउँन लगाएका हुन् ।

सर्वसाधारणले बजेटका लागि दिएको सुझावमा इन्धन खपतलाई कम गर्न १० लाखभन्दा थोरै मूल्यका विद्युतीय सवारीसाधनको भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग गरेको छ । विद्युतीय चुलोमा पनि भन्सार छुट माग बढ्दो छ ।

नयाँ बजेट निर्माणका सन्दर्भमा टोल फ्री नम्बरमा प्राप्त सुझावहरू यसप्रकार छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर